प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख खर्च
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दुई साता लामो अमेरिका र चीन भ्रमणमा पौने ५ करोड करोड रुपैयाँ खर्च गरेको खुलेको छ ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।
प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरि उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए ।
२०८० पुस ५ गते बिहीवार १७:५४ बजे प्रकाशित























