"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

४२ जिल्लाका ६१ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको पहिलो ६ महिनाको उपलब्धि विवरणमा सुपथ मूल्य पसल सञ्चालन गरिएको उल्लेख छ।

सरकारका अनुसार खानी उत्खनन तथा खोजतलासका लागि १०६ नयाँ अनुमतिपत्र जारी भएका छन् भने १२० स्थानीय तह र कम्पनी रजिष्ट्रार कार्यालयबाट प्यानसहितको करदाता सेवा सुरु गरिएको छ।

यस्तै, पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको छ। पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना कार्यान्वयनमा ल्याइएको विवरणमा उल्लेख छ।

रुग्ण सार्वजनिक संस्थानको ड्यु डिलिजेन्स अडिट, १५ वटा पुराना ऐन खारेज प्रक्रिया तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे–लिस्टबाट बाहिरिने प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।

२०८३ असोज १९ गते सोमवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु