"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस्ताे छ आज कालिमाटीमा फलफूल तथा तरकारी भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २००, रातो आलु ३० र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज १०० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ९० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

२०८० फागुन ८ गते मंगलवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु