"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दसैँका लागि एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट

काठमाडौँ, असोज २१ गते । नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैङ्कको निर्देशनपछि केही बैङ्कले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्। राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट वितरण भइरहेको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यसपटक दसैँका लागि नयाँ नोट वितरणबारे अनावश्यक प्रचार नगरिएको पौडेलले बताउनुभयो। उहाँका अनुसार विगत चार–पाँच वर्षदेखि चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने परिपाटी क्रमशः घटाउँदै लगिएको छ।

गत भदौ ३१ गतेसम्म चलनचल्तीमा रहेको मुद्रा सात खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँमा यो रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैङ्कको अनुमान छ।

२०८३ असोज २१ गते बुधवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु