"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : ओली

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताएका छन् ।

मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए ।

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उनले गठबन्धन पूर्णअसफल भएको आरोप लगाए ।

२०८० फागुन ८ गते मंगलवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु