"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै: अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनको भनाइ छ ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको चर्चा गरे ।

सोहीकारण पुँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको, नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको उनले बताए ।

यद्यपि, आमलगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न नसकेको उनको भनाइ छ । ‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आमलगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ। अर्थतन्त्र दबाबमै छ,’ पौडेलले भन्ने, ‘केही समयअघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’

२०८१ भदौ १६ गते आइतवार १८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु