कैलालीमा थप ४४ जनामा कोरोना पुष्टि
कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । आज १६२ नमुनाको परीक्षण गर्दा थप ४४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमा धनगढीका ७ महिला, १७ पुरुष, कैलालीको गोदावरीका १ महिला ४ पुरुष, टीकापुरका १ महिला, २ पुरुष, गौरीगंगामा २ महिला, १ पुरुष, लम्कीका १ पुरुष ,जोशीपुरका २ पुरुष, भजनीका १ महिला, १ पुरुष, बेदकोट कन्चनपुरका १ पुरुष र कृष्णपुर कन्चनपुरका १ महिला, २ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
११८ नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमित २९ जना पुरुष र ८ महिलाको सेती प्रादेशिक धनगढीमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको उनले बताए ।
२०७८ वैशाख ९ गते बिहीवार १७:०० बजे प्रकाशित























