ह’त्या अभियोगमा बाबुछोरा प’क्राउ
जिल्लाको छेडागाड न’गरपालिकाका एक पुरुषको ह’त्यामा सं’लग्न भएको आरोपमा बाबुछोरा प’क्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले प’क्राउ गरेको हो ।
छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको श’व गत आइतबार फे’ला परेको थियो । अनुसन्धानपछि ह’त्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फे’ला परेपछि उनीहरुलाई प’क्राउ गरिएको प्र’हरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए।
उनीहरुलाई अनुसन्धानका लागि अ’दालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हि’रासतमा राखेर थप अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अ’पराध स्वी’कार गरेको प्रहरीको भनाइ छ ।
२०७८ वैशाख १६ गते बिहीवार १५:४९ बजे प्रकाशित























