निःशुल्क शिक्षा सरकारको प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्ड
sf7df8f}F, @ k';M
lqe'jg ljZjljBfnosf] bLIffGt ;df/f]xdf k|d bfxfn
k|wfgdGqL Pj+ s'nklt k'iksdn bfxfn …k|r08Ú sf7df8f}Fsf] lqk'/]Zj/l:yt bz/y /Ëzfnfdf ;f]daf/ cfof]lht lqe'jg ljZjljBfnosf] $(cf}F bLIffGt ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, निःशुल्क शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकसित देशहरु जस्तै नेपालमा पनि निःशुल्क शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उच्च शिक्षामा आर्थिक हैसियत भएकाहरूको मात्र पहुँच हुने प्रवृत्ति परिवर्तन हुनु पर्ने बताएका उनले सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन सरकार लागिरहेको बताए ।
‘कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौँ ।’ उनले भने, ‘आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने हाम्रो प्रष्ट दृष्टिकोण छ । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समायानुकुल सुधार गर्दै लैजानुपर्छ ।’
अर्को प्रसङ्गमा उनले सरकार देशको अर्थतन्त्र सुधारमा निरन्तर लागिरहेको दोहोर्याए। उनले भने, ‘मेरो तेस्रो कार्यकाल देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, अर्थतन्त्रमा देखिएका चुनौतीहरू सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गतर्फ अग्रसर गराउन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन ल्याउन निरन्तर क्रियाशील छ ।’
२०८० पुस २ गते सोमवार १८:३१ बजे प्रकाशित























