"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले भ्रष्टाचारका मुद्दामा दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ: माधव नेपाल

चितवन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग आज (बुधबार) कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

सरकारले भ्रष्टाचारका मुद्दामा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ।’

कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उनले बताए। आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उनले यही गठबन्धनबीच तालमेल हुने बताए।

गठबन्धनका दलबीच छलफल गरेर सिटको टुगो लाग्ने उनको भनाइ छ। गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने उनले जानकारी दिए।

२०८० पुस ४ गते बुधवार २०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु