"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पुर्वसभामुख दमननाथ ढुंगनाको निधन, कलेजो रोगवाट थिए पीडित

काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ ।

 

फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।

 

उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखी उपचाररत थिए ।

 

ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिबक्तासमेत हुन् ।

२०८१ मंसिर २ गते आइतवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु