ग्यास प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले बढेर आयो, इन्धनको मूल्य घटेर आयो
काठमाडौ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले एलपिजी ग्यास प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले बढाएर पठाएको छ भने इन्धनको मूल्य घटाएर पठाएको छ।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
त्यस्तै नयाँ मूल्य सूचीअनुसार मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।
२०७९ फागुन १७ गते बुधवार १७:०६ बजे प्रकाशित






















