"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी

काठमाडौं – प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।

कार्कीका कानुनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरले रिटमा पेसी तोकिएको जानकारी दिनुभएको हो ।

प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै कार्कीले आईजीपीमा पुनर्बहाली र नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गर्नुभएको छ ।

२०८३ कात्तिक २० गते शुक्रवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु