"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २१ महिनाको आयात धान्न पर्याप्त

काठमाडौँ, असोज २९ गते । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति बढेको हो । हालको सञ्चिति झन्डै २१ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको छ ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड अमेरिकी डलर थियो ।

यस्तै, चालू आर्थिक वर्षको दुई महिनामा चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो ।

यस अवधिमा शोधनान्तर स्थिति पनि १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो ।

यता, भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । गत वर्षको भदौमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८३ असोज २९ गते बिहीवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु