कञ्जुमर आई नेपालद्वारा उपभोक्ता जागरण अभियान सम्पन्न
काठमाडौ । कञ्जुमर आई नेपालले उपभोक्ता जागरण अभियान सम्पन्न गरेको छ । गत फाल्गुन १६ गतेदेखी सुरु गरेको उत्त अभियान चैत्र १ गते विभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरेको हो । कञ्जुमर आई नेपालले गत फाल्गुन १६ गते धनुषा जिल्लाको परवाई देउरिमा रहेको विद्यालयमा, फाल्गुन १७ गते महोत्तरी जिल्लाको महोत्तरी गाउपालिकास्थित रायदरश सर्वोदय विद्यालयमा, फाल्गुन १८ गते सिन्धुली जिल्लाको माडी बजारस्थित गौमती विद्यालयमा र सिन्धुली जिल्लाकै ढुङ्रेवासस्थित कमला विद्यालयका विध्यार्थिहरुलाई संविधान र कानुन प्रदत्त उपभोक्ता हक अधिकार सम्बन्धि सचेतता कार्यक्रम संचालन गरि सम्पन्न गरिएको हो ।
साथै धनुषा जिल्लाको गाउँपालिकाका प्रमुख उमा शङ्कर प्रसाद शाह, उपप्रमुख पुनम कुमारी शाह, वडा अध्यक्षहरुलगायतका जनप्रतिनिधिलाई र महोत्तरी जिल्लाको महोत्तरी गाउपालिकाका प्रमुख दिलिप कुमार पाण्डे र उपप्रमुख दियो देवि पासवान साथै वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरुलाई स्थानिय स्वायत्त शासन ऐन र उपभोक्ता सरक्षण ऐन कानुनका बारेमा सचेतना कार्यक्रम संचालन गरि सम्पन्न गरेको हो । त्यसैगरी विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर विभिन्न कार्यक्रम गरि चैत्र १ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मुल समारोह समितिको कार्यक्रममा सहभागी हुँदै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।




२०७९ चैत ९ गते बिहीवार १८:३७ बजे प्रकाशित























