एमालेले टोपबहादुरलाई संसदबाटै भन्यो: तपाई अनुसन्धान र छानबिनमा सहयोग गर्नुस्
काठमाडौं । नेकपा एमालेले संसद मार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराएका हुन् ।
‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ गुरुङले भने ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन् ।
२०८० वैशाख २७ गते बुधवार १९:०० बजे प्रकाशित























