"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कालिमाटी तरकारी तथा फलफुल, गुन्द्रुक किलोको २५० रुपैयाँ

काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, हरियो तरबुजा ३५, नेपाली मेवा ९० चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा २० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २६०, रातो आलु ४५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ४०, कागती ३००, लोकल काक्रो ४५, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लाेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला ४० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ८० र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी १४० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ६० र पुदीना १८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १००, चाइनिज सुकेको लसुन २७०, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ३० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ

उता, ताजा छडी माछा २०० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।


२०८१ वैशाख १९ गते बुधवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु