"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीपहिरो मृतकका परिवारलाई पशुपतिमा निःशुल्क दाहसंस्कार

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ।

कोषले जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टि गर्न पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवाको व्यवस्था गरिएको हो।

विपद्का कारण आफन्त गुमाएका परिवारलाई आवश्यक सहजीकरण गर्दै धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि कार्य सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको कोषले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा मृतकका परिवारलाई आर्थिक तथा व्यवस्थापकीय भार कम गर्न यस्तो सेवा उपलब्ध गराइएको कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोषअन्तर्गत आर्यघाट तथा भष्मेश्वर घाटमा दाहसंस्कारसम्बन्धी सेवा सञ्चालन हुँदै आएको छ।

निःशुल्क सेवा तथा आवश्यक समन्वयका लागि सूर्यबहादुर भाटको मोबाइल नम्बर ९८५१०६४२७४ वा पशुपति क्षेत्र विकास कोषको फोन नम्बर ०१–४५७९२८२ मा सम्पर्क गर्न सकिने कोषले जनाएको छ।

२०८३ भदौ १६ गते मंगलवार १०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु