"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

काठमाडौँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आइतबारदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजको विषयमा ग्राहकलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए।  उनले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको बताए। उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरु सुरु गरेको पनि बताए।

उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको बताए। उनले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए। उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजबारे मैना रोबर्टलाई तालिम गराउने बताए। उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताए।

उनले भने, ‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलिभरीलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले मैना रोबर्टबाट डेमो सुरु गरेका छौँ। रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ। सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्य सुरु गरेका छौं। सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ। बाहिर फिल्डमा ७ देखि ७ बजेसम्म नै काम गर्छौं। शनिबार पनि खुला हुन्छ। सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ। रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौँ। त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ। विस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेज निकालिन्छ। हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं। नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ।’

उनले सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए। उनले हरेक शनिबार कार्यालय खुला हुने बताए। उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए। उनले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ। 

२०८१ मंसिर २ गते आइतवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु