"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै सहकारी सम्बन्धी अध्यादेश ल्याइयो: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको ठहर गरेको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो बताएको हो । सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग सांसद गणेश कार्कीले भने, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’उनले भने  ।

‘पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका बताएको छन् । जनताले यि राजनीतिक दललाई जिस्काइरहेका छन्,’ उनले भने ।

२०८१ पुस २० गते शनिवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु