"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई  पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाइ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।

केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकिय सचिव अनिललाइ बर्खास्त गरेका थिए ।

२०८१ पुस २२ गते सोमवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु