"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेशः उपप्रधानमन्त्री पौडेल

लेखनाथ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताएको छन। नेकपा(एमाले)कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले संसद छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गरे।

“सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश ल्याइएको हो,” उनले भने, “सरकारलाई सदनप्रति पूर्ण विश्वास छ। अहिलेको सरकारसँग करिब दुई तिहाई छ। सदनबाट भाग्नुपर्ने कुनै कारण छैन।”

नजितामूलक काम तीव्र गतिमा गर्न रोक्न खालका २९ कानुन एकै पटक संशोधन गरिएको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले सुशासन, सेवाप्रवाहसहित सरकारको अनुभूति दिने गरी काम गर्न अहिलेको कार्यशैली र कामको गति बढाउनैपर्नेमा जोड दिनुभयो। “सुस्त गतिमा हिँडेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। सेवा प्रवाह, सुशासन, रोजगारीका अवसर सिर्जना, वैदेशिक लगानी र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्नैपर्ने थियो, सरकारले कदम चालेको हो,” उनले भने ।

देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै मन्त्री पौडेलले ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिए। उनले भने, “अहिले राजस्वले साधारण खर्च धान्नै मुस्किल छ। ऋण लिएर कमजोर कार्यान्वयन प्रणालीबाट परिणामा निकाल्न सकिँदैन। अब ऋण र अनुदानको विकल्प पनि खोज्नैपर्छ।” उनले वैकल्पिक वित्त व्यवस्थापनका लागि ऐन निर्माण भइरहेको खुलाए।

बहुदलीय व्यवस्थामा दल मुख्य विषय भएकाले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त हुने गरी लाग्न उनले नेता, कार्यकर्तालाई निर्देशन दिए। पार्टीमा देखिएको व्यक्तिवाद र स्वच्छन्दतावादी प्रवृत्तिलाई निरुत्साहित गर्न केही व्यक्तिलाई कारबाही गरिएको उनको स्पष्टोक्ति छ।

उपप्रधानमन्त्री पौडेलले सात बुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत् चुस्त रूपमा चलिरहेको उनले उल्लेख गर्नुभयो। सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको प्रष्ट गर्दै सरकारको मुख्य ध्यान जनतामा रहेको निराशा चिर्न केन्द्रीत भएको जनाए ।

२०८१ माघ ९ गते बुधवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु