"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शेख हसिना डिसेम्बर १६ मा बङ्गलादेश फर्कने योजनामा

ढाका – बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभएको छ । तर, मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएकी उहाँ स्वदेश फर्किए पक्राउ पर्ने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत जानुभएको थियो । प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा उहाँलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो । हसिनाले भने फैसलालाई अस्वीकार गर्दै स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताउँदै आउनुभएको छ ।

हसिनाले डिसेम्बर १६ मा दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन प्रधानमन्त्री तारिक रहमानलाई आग्रह गर्नुभएको छ । उहाँका प्रवक्ताले सरकारले स्वदेश फर्कने यात्राको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको सम्झनामा मनाइने यस दिवसमा फर्कने इच्छा हसिनाले व्यक्त गर्नुभएको हो ।

उहाँले यसअघि पनि कुनै हालतमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले रोक्न नसक्ने बताउनुभएको थियो ।

२०८३ मंसिर ८ गते मंगलवार १७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु