प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।
सुचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १:०० बजेसम्मका लागि स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
तर, गृह मन्त्री लेखकले राजिनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३:३० बजेका लागि बैठक तय गरिएको थियो ।
सो समयसिमामा पनि सहमति नभए पछि भोली १:०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
२०८२ जेठ १४ गते बुधवार १७:२० बजे प्रकाशित






















