कमल थापासहित ६ जना पक्राउ, भद्रकालीको हिरासतमा राखियो
काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनबाट कमल थापा पक्राउ परेका छन् ।
नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो ।
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।
उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
२०८२ जेठ १८ गते आइतवार १७:१३ बजे प्रकाशित























