"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रामहरिलाई डोलप्रसादको जवाफ: म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टूर एन्ड ट्राभल्स कसको कम्पनी आफ्नो भएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए ।आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।  ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं ?,’ अर्यालले भने ।  ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ अर्यालले असन्तुष्टि जनाए ।

आफूहरूले भिजिट भिसाको नाममा भरहेको मानव तस्करीको विषय संसदमा ३२ दिन देखि उठाइरहेको स्मरण गरे । उनले विषयान्तर गर्नको निम्ति अनावश्यक लान्छना लगाउने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

‘मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’

भिजिट भिसा प्रकरणमा आफूहरूको आन्दोलन जारी रहने पनि उनले बताए ।

२०८२ असार १५ गते आइतवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु