"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं महानगरले त्रिदेवी मन्दिर परिसरका अनधिकृत संरचनामा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका ले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ।

ठमेलस्थित त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू सोमबार महानगरले हटाएको हो। सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्यमा असर पार्ने र सार्वजनिक आवागमनमा बाधा पुर्‍याइरहेका संरचनाहरू हटाएको जनाएको छ।

त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलका रूपमा परिचित छ। अनधिकृत संरचना हटाइएपछि मन्दिर परिसर खुला र व्यवस्थित बनेको छ।

सम्पदा संरक्षणमा चासो राख्नेहरू (सम्पदा प्रेमीहरू) ले महानगरको यो कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार पुरातात्विक तथा धार्मिक क्षेत्रलाई व्यवस्थित र संरक्षण गर्न यस्ता अभियान आवश्यक छन्।

२०८३ वैशाख ७ गते सोमवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु