उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा उपकुलपतिहरूसँग छलफल गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
छलफलमा सहभागी एक उपकुलपतिका अनुसार, प्रधानमन्त्रीले “कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु” भन्ने आश्वासन दिएका थिए।
प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाएका थिए। प्रधानमन्त्री स्वयं विश्वविद्यालयहरूको कुलपति भएकाले पनि यस बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
२०८३ वैशाख ७ गते सोमवार १८:२० बजे प्रकाशित























