दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
उनीमाथि लागेको आरोप सम्बन्धी अनुसन्धानका लागि प्रहरीले म्याद थप माग गर्दै अदालतमा पेश गरेको हो। अदालतले आवश्यक कागजात अध्ययनपछि म्याद थपबारे निर्णय गर्नेछ।
प्रहरीले खड्कामाथि लागेको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८२ चैत १५ गते आइतवार १७:४२ बजे प्रकाशित






















