"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध सरकारी तथा सार्वजनिक संस्थाको लिखत, छाप लगायतको दुरुपयोग गरी गराई बदनियत राखी तयार गरे गराएको गलत लिखत प्रयोग प्रचलनमा ल्याइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाको खरिदार (राजपत्रमा अंङ्कित द्वितिय प्रशासन सरह) पदमा करार सेवामार्फत कामकाज गरिरहेका कार्कीले कार्यालय समय बाहेक बिहान बेलुकाको समयमा पार्ट टाइम काम गर्न, व्यापार व्यवसाय गर्न र अध्ययन अध्यापन  गर्न स्वीकृति पाऊँ भनी दिएको पत्र तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारीले हस्ताक्षर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

२०८३ वैशाख ४ गते शुक्रवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु