सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
२०८३ कात्तिक १९ गते बिहीवार ११:०७ बजे प्रकाशित























