"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कम्पनीलाई जरिवाना छुटसहित विवरण बुझाउने म्याद पुस मसान्तसम्म

काठमाण्डौ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा दुई महिना थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ ।

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमाअनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ ।

कम्पनी रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले सञ्चालकलाई यो सुविधाको लाभ लिन आग्रह गर्नुभएको छ ।

यसैबीच, कम्पनी दर्ता हुने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा २०८२/८३ मा २६ हजार २९१ पुगेका छन् । चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् ।

विदेशबाट फर्किएका नेपालीले सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गर्न थालेकाले कम्पनी दर्ता बढेको कार्यालयले जनाएको छ ।

२०८३ कात्तिक १९ गते बिहीवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु