"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसुवा बाढीपीडितलाई जीवन बिमाको रकम लिन प्रक्रिया सहज

काठमाडौँ, कात्तिक १८ गते । गत भदौ १० गतेको रसुवा बाढीबाट प्रभावित जीवन बिमितका परिवारलाई बिमा रकम भुक्तानी लिन सहज बनाइएको छ।

नेपाल बिमा प्राधिकरणले जीवन बिमा तथा लघु जीवन बिमा कम्पनीलाई मृत्यु दाबी, बिमालेख समर्पण, धितो कर्जा र अवधि पूरा भएको रकम भुक्तानीमा आवश्यक कागजात तथा प्रक्रिया सहजीकरण गर्न निर्देशन दिएको हो।

निर्देशनअनुसार बाढीका कारण कागजात हराएका वा नष्ट भएका बिमितले कम्पनीको अभिलेखमा रहेको बिमालेखको प्रतिलिपिका आधारमा दाबी गर्न सक्नेछन्। बिमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, बाढीका कारण मृत्यु वा बेपत्ता भएको पुष्टि गर्न अधिकारप्राप्त निकायको प्रमाणित विवरण वा सिफारिसलाई आधार मान्न सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणले विपत्का कारण बिमाशुल्क वा बिमालेख कर्जाको किस्ता तिर्न नसकेका बिमितलाई समेत राहत पुग्ने गरी प्रक्रिया सहज बनाउन निर्देशन दिएको जनाएको छ।

२०८३ कात्तिक १८ गते बुधवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु