"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कांग्रेसको आधिकारिकता उल्टिने कुरा संसद् पुनर्स्थापनाजस्तै हो – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता र महाधिवेशनबाट आएको नेतृत्व उल्टिने कुरा संसद् पुनर्स्थापनाको चर्चाजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले विधानविपरीत गतिविधि गर्नेहरूलाई विधानअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीको सदस्यता छाडेर अर्को पार्टीमा जाने राष्ट्रिय सभा, प्रदेश सभा सदस्य वा पालिका प्रमुखलाई पनि विधानअनुसार कारबाही हुने बताउनुभयो ।

हाल भइरहेको अधिवेशन कांग्रेसको नभएको भन्दै त्यसमा सहभागी हुनेहरूलाई समेत कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।

२०८३ मंसिर ८ गते मंगलवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु