"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री बालेनबारे मोदी – ‘युवा प्रधानमन्त्रीमा नेपालको भविष्य देखेँ’

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताउनुभएको छ ।

शाहसँगको भेटपछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले नेपाली जनताले शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको बताउनुभयो । उहाँले सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतले दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको पनि मोदीले जानकारी दिनुभयो । उक्त सहयोगले विपद् प्रभावित परिवारको पुनःस्थापना तथा नेपालको विपद् सामना गर्ने क्षमता बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

यस्तै, जनकपुर–अयोध्या धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने, रेल तथा सडक सम्पर्क विस्तार गर्ने र व्यापार तथा पारवहन सहज बनाउने विषयमा सहकार्य गरिने उहाँले बताउनुभयो ।

नेपालको जलविद्युत् सम्भावनालाई उपयोग गर्न भारतले सहयोग गर्ने उल्लेख गर्दै तल्लो अरुणको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन, झापामा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास तथा नेपालमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि केन्द्र स्थापना गर्ने योजना पनि मोदीले सार्वजनिक गर्नुभयो ।

२०८३ मंसिर ७ गते सोमवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु