यस वर्षको एसईई परिक्षा वैशाख ९ गतेदेखि हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । एसईई परिक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने भएको छ ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।
२०७८ माघ २६ गते बुधवार १९:५४ बजे प्रकाशित






















