होलीमा उश्रृंखल नबन्न प्रहरीको आग्रह
काठमाडौँ। नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृ्रखल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ।
सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ।
नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’
२०७९ फागुन १८ गते बिहीवार २०:३० बजे प्रकाशित






















