"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सेनाद्वारा संसदीय समितिको निर्देशन अवज्ञा, ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं, संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरित नेपाली सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । आईतबार सेनाले तराइ मधेस द्रुतमार्गको सुरुङमार्ग र पुलका लागि गरिएका दुईवटै टेन्डरको आशयपत्र जारी गरेको छ । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्टिङ इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेज अन्तर्गत पोलि च्याङ्दा इन्जिनियरिङ कर्पाेरेसन छनोट भएको हो ।

चाइना स्टेट कन्स्ट्रक्टिङले १५ करोड ६१ लाख ४२ हजार ५ सय डलर (बैशाख १२ को विनिमयदर अनुसार १८ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबर) को बिड गरेको थियो भने पोलिच्याङदाले २० करोड ८५ लाख ७६ हजार ९ सय ३१.७० डलर (२५ अर्ब २ करोड ९२ लाख) बिड गरेको थियो ।

संसदीय समितिले मकवानपुरको धोन्द्रेमा र लेनडाँडामा गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि भएको ठेक्का रद्द गर्न चैत १९ मा निर्देशन दिएको थियो । तर आइतबार आशयपत्र निकालेर दोस्रो प्याकेजका लागि पोली च्याङदा कर्पोरेशन लिमिटेड छनोट भएको जनाएको छ ।
सेनाले चैत २१ मा प्रिक्वालिफिकेसनमा छनोट भएका दुईवटै प्याकेजको आर्थिक प्रस्ताव खोलेर मूल्याङकन गरेको हो ।

दुवै प्याकेजमा प्रि क्वालिफिकेसनमा छनोट भएका कम्पनी प्राविधिक पास भएपछि आर्थिक प्रस्ताव मागिएको थियो । लेखा समितिले सेनासँग फाइल मगाएर अध्ययन गरेपछि प्रिक्वालिफिकेसन रद्द गर्दै नयाँ प्रक्रिया थाल्न भनेको थियो । संसदीय समितिको निर्देशन विपरित सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

२०७८ वैशाख १२ गते आइतवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु