सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोलाको १ लाख १० हजार पुग्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।
२०७९ चैत ५ गते आइतवार १९:०४ बजे प्रकाशित























