विद्युतीय सवारीको आयात बढ्यो, ८ महिनामै २२ सय भित्रियो
काठमाडौ । चालू आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यो वर्षको फागुनसम्म विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको हो । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा जम्मा साढे १३ सय वटा विद्युतीय सवारी आयात भएको थियो । उक्त अवधिमा १ सय किलोवाटदेखि ३ सय किलोवाटसम्मका उक्त संख्याका विद्युतीय सवारी भित्रिएका थिए । जबकि, चालू आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा २२ सय वटा विद्युतीय सवारी भित्रिएका हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार सय किलोवाट क्षमताका २१ सय ३९ वटा विद्युतीय सवारी भित्रिएका छन् ।
२०७९ चैत १० गते शुक्रवार १९:१४ बजे प्रकाशित






















