सामाजिक सुरक्षा कोषमा श्रमिकले तलबको ११ र रोजगारदाताले २० प्रतिशत जम्मा गर्नुपर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदानको दर सरकारले सार्वजनिक गरेको छ। श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार कोषमा सूचीकरण भएका प्रतिष्ठानले श्रमिकको आधारभुत तलबको ११ प्रतिशत कटौति गरी कोषमा जम्मा गर्नुपर्ने छ।
त्यस्तै रोजगारदाताले त्यसमा श्रमिककै आधारभुत तलबको २० प्ततिशत जम्मा गरेर कूल ३१ प्रतिशतको कोष बन्ने छ। यो कोषमा जम्मा गरेपछि रोजगारदाताले अन्य उपचार तथा बिमाको कुनै पनि दायित्व बोक्नुपर्ने छैन।
२०७६ साउन ५ गते आइतवार १४:३६ बजे प्रकाशित























