बढ्न थाले कोरोना संक्रमित, आज ३४१ जनामा पुष्टि, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अहिले देशभर ५८२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७८ मंसिर २७ गते सोमवार १६:५९ बजे प्रकाशित























