मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित
काठमाडौँ । जसपा नेपालकी नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।

२०७९ चैत ६ गते सोमवार १९:३५ बजे प्रकाशित























