"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौ । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ।

महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ।

त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ।

२०८० वैशाख २१ गते बिहीवार १९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु