"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बैठकमा सांसदको उपस्थिति कमजोर भयोः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर भएको बताएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सांसदहरुको उपस्थितिबारे प्रश्न उठाएका हुन् ।

‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ’, सभामुखको भनाइबारे उनको सचिवालयले भनेको छ, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु ।’

२०८० वैशाख २४ गते आइतवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु