बालकुमारी घटनाप्रति प्रधानमन्त्री: चिज देखिएजस्तो छैन, यो भित्र अर्कै केही छ भन्ने लागेको छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताएका छन् ।
मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको उनले सुनाए ।
दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो जस्तो गतिविधि भएको छ’ उनले भने, ‘चिज यस्तो छैन, जस्तो देखिएको छ । यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु, आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए । त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।
२०८० पुस १६ गते सोमवार २०:२८ बजे प्रकाशित























