"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) लाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्त तथा मनोनयन गरिएको छ।

यो जानकारी सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले दिएका हुन्।

२०८३ वैशाख ८ गते मंगलवार १८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु