"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व

काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व रहेको छ ।

लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।

बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।

२०८१ भदौ ५ गते बुधवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु