रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा राख्न अनुमति
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
लेखनाथ। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो ।
पहिलो पटक कात्तिक ४ गते उहाँलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ । सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राख्ने अनुमति माग गरिएको थियो । लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्न माग गरेको थिए । लामिछाने कात्तिक २ गते पक्राउ परेको थिए।
सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्नेमा जोड दिएको थिए। लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहनुभएका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ ।
सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।
२०८१ कात्तिक २० गते मंगलवार १६:२१ बजे प्रकाशित






















