‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने भीम रावलको घोषणा
काठमाडौं। पूर्वउपप्रधानमन्त्री भीम रावलले ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्ने घोषणा गरेका छन् ।
राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।
‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले निष्कर्ष प्रस्तुत गरेका छन्, ‘एमालेको रंग खुइलिएर बामाले ९बाको मात्र नाम लेउ० मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’
२०८१ पुस १७ गते बुधवार १७:४२ बजे प्रकाशित






















